जसपा सांसद सम्पर्कमा



जनता समाजवादी पार्टी(जसपा) नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य सम्पर्कमा आएकी छन् । सोमबार बिहानबाट कपिलवस्तुबाट सम्पर्कविहीन भएकी भनिएकी जसपा सांसद पुर्मती ढेंगा पार्टीको सम्पर्कमा आएकी हुन् ।

आइतबार बिहान ११ बजेदेखि एकाएक हराएकी सांसद ढेंगा आफूहरुको सम्पर्कमा आएको प्रदेश अध्यक्ष अशोक यादवले बताए । इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी मदन कुँवरले सांसद सम्पर्कविहीन भएको सूचनापछि खोजी गरिरहेका बेला आज सम्पर्क आएको पार्टीका नेताहरुले जानकारी दिएको बताए ।

ढेंगा आइतबार बिहाना कपिलबस्तुको एक होटलमा केही सांसदहरुसँग बैठक बसिरहेको बेला हिँडेकी थिइन् । त्यसपछि उनी एकाएक सम्पर्क विहीन भएकी थिइन । तर आज प्रदेश अध्यक्ष अशोक यादवसँग फोनमा कुराकानी भएको उनको भनाइ छ । उनी अहिले रुपन्देहीको तिलोत्तमा आफै घरमा रहेको अध्यक्ष यादवले बताए ।

लुम्बिनी प्रदेशमा सरकार गिराउने र टिकाउने खेल चलिरहेको बेला जसपाका केही नेताहरुले सत्तापक्ष सम्पर्कबिहीन बनाउने खेलमा लागेको आशंका व्यक्त गरेका थिए । पाल्पाकी ढेगा जसपाकी समानुुपातिक सांसद हुुन् ।

प्रकाशित मिति : श्रावण ११, २०७८ सोमबार  १० : ३६ बजे