मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिपकराज गिरीले फेरी गरे यस्तो ब्यङ्ग्य, के भने उनले ?



हाँस्य कलाकार तथा निर्माता दीपकराज गिरी सामाजिक संजालमा कम्यूनिष्ट सरकारकाविरुद्ध लेख्दा आफूलाई धेरैले कांग्रेस भनेको संझदै अब कांग्रेस सरकारका विरुद्ध लेखेर कम्यूनिष्ट हुने पालो आएको उल्लेख गरेका छन् ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई चयन गरेपछि दीपकले ब्यङ्ग्य गरेका छन् ।

उनले उमेश श्रेष्ठको स्वास्थ्य राज्यमन्त्रीमा नियुक्तीको बिषयमा पनि लेखेका छन्–‘कांग्रेसले सही ठाउँमा सही मान्छे लैजान्छ भन्ने सुनेको थिएँ, हो रहेछ । स्वास्थ्य मन्त्री भनेर मोटो घाटो खाइलाग्दो मान्छे छानेरै छाड्यो ।’

उनले देशमा हुने गरेका विभिन्न घटनाक्रमका बिषयमा ब्यङ्ग्य गर्दा कहिले प्रशंसा पाउँछन् त कहिले आलोचित हुन्छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १२ : ०७ बजे