सरकारबारे एमाले नेता भट्टराईले गरे यस्तो खुलासा, के गर्लान प्रधानमन्त्री देउवा



एमालेका नेता योगेश भट्टराईले महामारीका बेलापनि सरकार गम्भिर नभएको बताएका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै उनले कोरोना भाइरसको संक्रमणप्रति सरकार गम्भीर नभएको बताएका हुन् ।

उनले कोरोना संक्रमण बढ्दा अर्को खतरा दोहोरिनेतर्फ सरकारलाई सचेत गराउदै जुलुस रोक्न नसक्नु सरकारको नालायकीपन भएको आरोप लगाएका हुन्।

‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ दिन २०० भन्दा बढीको लाइन, अखिल फोर्स, युथ फोर्स आदिको जुलुस, सरकारलाई चाबी बुझाउने लाइन,’ उनले भने, ‘कोरोना घटेको छैन, निषेधाज्ञा कायम छ, १० दिन बढाइयो तर कडाइ भएन। सरकार सिरियस भएन भने अर्को खतरा दोहोरिन्छ।’

यता नेकपा एमाले माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित बुद्धनगरको एक ब्याङ्क्वेटमा बैठक बसिरहेको सुरु भएको हो ।

आइतबारको बैठकमा कार्यदलले सहमति गरेको १० बुँदे प्रस्तावमाथि छलफल भएको थियो । कार्यदलका संयोजकसमेत रहेका नेता भीम रावलले १० बुँदे प्रस्तावबारे जानकारी गराएका थिए । यसअघि सांसद पदबाट राजीनामा दिएका रावलले नेपालसँगको छलफलपछि सभामुखलाई भेटेर राजीनामा पत्र फिर्ता लिएका थिए ।

आइतबारको बैठकमा केही सांसदहरुले पार्टी एकताका लागि १० बुँदे सहमति कार्यान्वयन गर्न आग्रह समेत गरेका थिए। पार्टीको विवाद समाधानका लागि गठित कार्यदलको १० बुँदे सहमतिपछि एमाले बैठकले कार्यदल भंग गरिसकेको छ।

पछिल्लो समय पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच विवाद उत्कर्षमा पुगेको छ। तर सत्तारुढ गठबन्धनले यो समूहलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ। तर पार्टीभित्र एकता प्रक्रियाको टुंगो लागिनसकेकाले भने यो समूह सरकारमा सहभागी भएको छैन ।

प्रकाशित मिति : श्रावण ११, २०७८ सोमबार  २ : ०५ बजे