जसपाका नेता रेशम चौधरी पार्टीको आधिकारिकता विवाद समाधानका लागि तथस्ट बसेका छन् । सोमबार निर्वाचन आयोगले पुगेका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन् ।
डिल्लीबजार कारागारबाट आयोगमा उपस्थित भएका चौधरीले केहीबेर नेताहरुसँग छलफल गरेका थिए । छलफलपछि उनले आफूलाई कुनै पक्षमा लाग्नु नरहेको भन्दै मुल पार्टी जसपा भएकाले तटस्थ बस्ने निर्णय लिएका छन् ।
आयोग परिसरबाट बाहिरिने क्रमममा उनले आफ्नो एकमात्र एजेण्डा न्याय, न्याय र न्याय रहेको बताए ।
जसपाका केन्द्रीय कार्यकारिणी सदस्य चौधरीले उपेन्द्र यादव समूहका लागि हस्ताक्षर गर्ने आशंक गरिएको थियो । यसअघि आयोगले सनाखतका लागि जसपाका ५१ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई आयोगमा उपस्थित हुन आग्रह गरेको थियो ।








