जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले केपी ओलीलाई प्रतिगमनकारी भएको बताएका छन् । सोमबार निर्वाचन आयोगको प्राङ्गणमा उभिएर केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारमा उपप्रधानमन्त्री बनेर १८ दिनमै सर्वोच्च अदालतको फैसलाबाट पदच्युत भएका महतोले अन्ततः ओलीले प्रतिगमन गरेको बताएका हुन् ।
‘केपी ओलीले प्रतिगमन गरेकै थियो । केपी ओली वा देउवा हाम्रा लागि सब बराबर हो,नेता महतोले भने ।’
जसपा नेता महतोले अगाडि भने, ‘हामीले पहिलेदेखि भन्दै आएको, हाम्रा लागि त सबै प्रतिगमनकारी नै हो नि त । काँग्रेस, एमाले माओवादी सब मिलेर प्रतिगमनकारी संविधान बनाएको होइन ?’
उनले थपे, ‘नेपाल विविधताले भरिएको देश हो । यो अभियान हो हाम्रो । शोषण उत्पीडनबाट मुक्ति दिलाउने अभियान हो । त्यसैले, देशको शासन र संविधान सम्पूर्ण नेपाली जनताको लागि बन्नुपर्छ । त्यसका लागि हामी संघर्षको बाटोमा छौं ।








