नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बूढानिलकण्ठमा बोलाएका छन्। बैठक मंगलबार बिहान ९ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
उनकाअनुसार १४ औं महाधिवेशन तयारीबारे बैठक केन्द्रित रहनेछ। साउन १२ का लागि तय भएको वडा अधिवेशन पनि स्थगित गरिएको छ ।
कांग्रेसले क्रियाशील सदस्यता विवाद अहिले सम्म हल हुन सकेको छैन । क्रियासिल सदसयताको छानबिनको माग गर्दै कांग्रेसको एक समुह पार्टी कार्यालय सानेपामा आमरण अनसनमा बसेको छ ।








