‘फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ ?’



नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले सांसद नारदमुनि रानामाथि भएको व्यवहारलाई थारु समुदायको अपमान भएको बताएकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद सत्गौवाले साउन १० गते अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसद रानामाथि भएको व्यवहारको विरोध गरेकी हुन् ।

‘१० गते जुन दृश्य समितिभित्र देखियो, त्यो सदियौंदेखि शासकले थारुमाथि शोषण गरेको झझल्को दिलाउँछ’ उनले भने ।

समिति बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सांसद रानालाई प्रतिगमनको मतियार, बाहिर जानुस् भनेका थिए । समिति बैठकमा सांसद नारदमुनि रानामाथि अधिनायकवादी चरित्र प्रदर्शन भएको र उनको वाक स्वतन्त्रतामाथि गम्भीर आघात पुगेका सांसद सत्गौवाले बताइन् ।

‘लोकतन्त्र भनेको के बोल्न नपाउने हो र रु फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ रु एउटा बराबर हैसियतको सांसदलाई निस्केर जा भन्ने रु त्यहाँ सबैको एउटै हैसियत हैन र रु उनले भनिन् ।

प्रकाशित मिति : श्रावण १२, २०७८ मंगलबार  २ : २१ बजे