माओवादीले सिफारिस गरेका प्रदेश प्रमुख पुनः नियुक्त नपाउने



मंगबार कसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले सिफारिस गरेका दुइ जना प्रदेश प्रमुख सोहि प्रदेशमा नियुक्ति हुन नपाउने भएका छन् ।

माओवादी केन्द्रले प्रदेश प्रमुखका लागि सिफारिस गरेका अमिक शेरचन र तिलक परियारले पहिलेकै प्रदेशमा नियुक्ति पाउन संवैधानिक अड्चन देखिएको हो ।

बैठकले शेरचनलाई गण्डकी र परियारलाई प्रदेश २ को प्रमुख नियुक्त गर्न सरकार समक्ष सिफारिस गरेको छ । आजै मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने भनिएको छ ।

तर, संविधानको धारा १६३ को उपधारा ४ मा एउटै व्यक्ति एक पटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख नियुक्त हुन नसक्ने व्यवस्था गरेकाले उनीहरुलाई अरु प्रदेशमा नियुक्ति गर्नुपर्ने हुन्छ ।

सरकारले सातै प्रदेशमा प्रदेश प्रमुख हटाएर नयाँ राख्ने तयारी गरेको छ ।

प्रकाशित मिति : श्रावण १२, २०७८ मंगलबार  ५ : ०० बजे