राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गरेको बताएका छन् । बुधबार बुधबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उनले परमादेशका कारण संसद ब्युँतिएर तलब भत्ता खान पाएका सांसदहरुलाई कागज हेर्न आग्रह गरेका हुन् ।
‘प्रधानमन्त्रीले नियुक्ति राष्ट्रपतिले गरेको हो । राष्ट्रपतिलाई बेइज्जत गराउने सांसद हो कि होइन ?’ उनले प्रश्न गरे, ‘सांसदहरु मिलेर राष्ट्रपतिले गरेको कागजको विरुद्धमा परमादेशबाट भयो भनेको छ । हेर्ने त प्रमाण ? हेर्ने त नियुक्ति ?’
उनले प्रधानमन्त्रीको नियुक्ति राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार गरेको हेक्का राख्न सांसदहरुलाई आग्रह गरे ।
सांसद विडारीले सर्वोच्च अदालतको फैसलाको विषयमा जनताले छलफल गर्न सक्ने र विद्रोहीले विद्रोह गर्न सक्ने तर संसदमा कुरा उठाउन नपाइने पनि बताए ।
‘के यो संसद सर्वोच्च अदालतको फैसलाको रिभ्यु गर्ने पुनरावलोकन गर्ने ठाउँ हो ? हामीले त्यस्तै संविधान बनाएको हो ? संविधानमा त्यही लेखेको छ ?’ उनले भने । संसारको कुनै पनि देशको संसदमा अदालतको फैसलाबारे छलफल नहुने उनले बताए ।








