मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमाल सागरको तिमी छौ रमा नन्दिता र पुर्णको रोमान्स ( भिडियो )



गायक हिमाल सागरको स्वर, शब्द र संगीतमा रहेको प्रेमिल शैलीको बिल्कुलै नयाँ गीत तिमी छौ र  म्युजिक भिडियो सार्वजनिक भएको छ।प्रेमिका प्रति प्रेम भाव प्रस्तुत गरिएको यस गीतलाई बाबु प्रधानले संगीत संयोजन गरेका हुन्। अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा शैलेश घलेको छायांकन र भरत रेग्मीको सम्पादन रहेको छ। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो।

म्युजिक भिडियोमा नायिका नन्दिता केसी र पुर्ण लम्साल बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। म्युजिक भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको गायक हिमाल सागरले बताएका छन्।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  २ : ३७ बजे