नेकपा एमाले अध्यक्ष केपी ओली एमाले संसदीय दलको कार्यालय सिंहदरबार पुगेका छन् । प्रधानमन्त्रीबाट बाहिरिएपछि उनी पहिलो पटक बुधबार दिउँसो सिंहदरबार आएका हुन् ।
प्रधानमन्त्री पदमा रहँदा ओली बिरलै सिंहदरबार पुग्थे । एमाले नेताहरुका अनुसार उनी भेटघाटका लागि सिंहदरबार पुगेका हुन् ।
ओलीले केही नेताहरूसँग समसामयिक विषयमा कुराकानी गर्दैछन् । संसदीय दलको कार्यालयमा ओली आएसँगै नेताहरूको चहलपहल बढेको छ ।








