ओलीलाई संसदीय दलको नेताबाट हटाउने माधव पक्षको दावि



नेकपा एमालेको माधवकुमार नेपाल समूहले केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने तयारी गरेको छ । बुधबार काठमाडौँको बुद्धनगरमा बसेको माधव पक्षको बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाई सरकारमा जाने तयारी गरेका हुन् ।

नेता मेटमणि चौधरीले अबको केही दिनमा नै केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउनेसमेत दावी गरेका छन् । बैठकमा माधव समूहका जम्मा १९ सांसदको उपस्थिति रहेको थियो । बुधबार नेता नेपालसँग छलफलमा जुटेका २२ जना सांसदहरूले वर्तमान देउवा नेतृत्वको सरकारमा आफ्नो समूह सहभागी हुनुपर्ने भन्दै दबाब दिएको पनि बैठकमा सहभागि एक् नेताले बताए।

पछिल्लोपटक नेपाल र उनी पक्षका सांसदहरूले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीका रूपमा समर्थन गर्दै राष्ट्रपति कार्यालय शीतलनिवासमा हस्ताक्षर बुझाएपछि विवाद उत्कर्षमा पुगेको थियो ।

देउवालाई प्रधानमन्त्रीका लागि विश्वासको मत दिएपछि झन् ओली माधव समूहप्रति रुष्ट बनेका छन् ।

प्रकाशित मिति : श्रावण १३, २०७८ बुधबार  ४ : ४० बजे