पूर्वमाओवादी नेताको रिट हेर्न नभ्याइने सूचीमा



पूर्व माओवादी नेताहरुको रिट आज हेर्न नभ्याइने सूचीमा परेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको रिट आज हेर्न नभ्याइने सूचीमा परेको हो ।

बुधबार पूर्व माओवादीका नेताहरुले सांसद पद कायम गराई कामकाज गराई पाउँ भन्दै दायर गरिएको रिट आज हेर्न नभ्याइने सूचीमा परेको छ । माओवादी केन्द्रले कारवाही गरेपछि पूर्व माओवादी नेताहरु बुधबार सर्वोच्च अदालत पुगेका थिए ।

आफूहरु नेकपा एमाले प्रवेश नगरेको र हालसम्म पनि माओवादी केन्द्रकै नेता रहेको भन्दै सांसद पद कायम राख्न माग गर्दै उनीहरु सर्वोच्च पुगेका थिए ।

बिहीबार न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेसी सूचीमा चढेपनि लागूऔषधको मुद्दाको सुनुवाइका कारण पूर्व माओवादी नेताहरुले दायर गरेको रिटमाथि समय अभावका कारण हेर्न नभ्याइने सूचीमा परेको हो ।

प्रकाशित मिति : श्रावण १४, २०७८ बिहिबार  ३ : ४८ बजे