काँग्रेसका पदाधिकारीहरुको बैठक सुरु



नेपाली काँग्रेसको पदाधिकारी बैठक शुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा काँग्रेसका पदाधिकारीहरुको बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरु विजयकुमार गच्छदार, विमलेन्द्र निधी, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री डा. प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादव सहभागी भएका छन् र

त्यसैगरी पूर्वमहामन्त्री प्रकाशमान सिंह तथा नेताहरु अर्जुननरसिंह के.सी,मीनेन्द्र रिजाल,रमेश लेखक एवम् पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेललगायत एक दर्जनभन्दा बढीको उपस्थिति रहेको हुन् ।

प्रकाशित मिति : श्रावण १४, २०७८ बिहिबार  ४ : २८ बजे