महाकाली तर्दा तर्दै भारतीय एसएसबीले तुइन काटेको घटनाको छनबिन गर्न कांग्रेसको माग



नेपाली कांग्रेसले दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुंदै खलंगा आउँदा एक युबा तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीका जवानले तुइन काटेको घटनाको छनबिन गर्न सरकारसग माग गरेको छ ।

प्रबक्ता बिश्व प्रकाश शर्माले बिज्ञप्ती जारी गरेर उक्त घटनाको छनबिन गर्न सरकारको ध्यानाकर्षण गराएका छना । “नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै होइन अमानवीय र अत्यन्तै आपत्तिजनक छ ।” बिज्ञप्तिमा भनिएको छ, “घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन÷दिलाउन नेपाली कांग्रेस पार्टीका तर्फबाट  सरकार समक्ष माग गर्दछु । ”

दार्चुलाबाट काठमाण्डौ आउने क्रममा रहेका स्थानिय युबा जयसिंह धामी महाकाली नदी तर्न तुइन चढेको बेला भारतिय एसएसबीका जवानले तुइन काटेपछी उनको निधन भएको हो ।मान्छे तर्दा तर्दै तुइन नकाटिएको भारतीय पक्षको भनाइ छ।

कांग्रेस प्रबक्ता बिश्व प्रकाश शर्माले भने भारतीय एसएसबीका जवानले तुइन काटिदिएका कारण घटना भएको समाचार सार्वजनिक भए पश्चात जिल्ला पार्टी सभापति ललितसिंह बोहरा र अन्य नेतृत्व तहले स्थानीय रूपमा गरेको थप सम्पर्क पश्चात भारतीय एसएसबीका जवानले तुइन काटेको बिबरण केन्द्रमा प्राप्त भएको बिज्ञप्तिमा जनाएका छन ।

 

प्रकाशित मिति : श्रावण १५, २०७८ शुक्रबार  ६ : १२ बजे