पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टिका वरिष्ठ नेता माधवकुमार नेपालमाथी खनिएका छन । शनिबार एमालेको काठमाडौँ जिल्ला कमिटीको बैठकमा ओलीले नेपालालाइ देशद्रोही, पार्टी र आन्दोलन बिरोधिको बिल्ला भिराए ।
उनल्र पार्टिमा नेपालालाइ कुनै ठाउ नरहेको बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरुलाई प्रतिक्रियावादीको मतियार बनेको आरोपसमेत लगाए ।“बाटो बिराएको साथीहरु मुख्यमुख्य अपराधीहरु बाहेक पार्टिमा आए हुन्छ, अब माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाउँ छैन,” ओलीले भने ।
ओलीले आगामी चुनावमा आफ्नो पार्टीले दुई तिहाई ल्याउने डरले आफूलाई प्रधानमन्त्रीबाट हटाएको आरोपसमेत लगाए।








