उपेन्द्र यादव बने जसपा संसदीय दलको नेता



उपेन्द्र यादव जसपा संसदीय दलको नेतामा चयन भएका छन् ।

आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई निर्विरोध दलको नेता चयन गरेको हो ।

पार्टीको संघीय परिषद्का अध्यक्षसमेत रहेका डा । बाबुराम भट्टराईले यादवलाई दलको नेतामा प्रस्ताव गरेका थिए भने नेता महेन्द्र राय यादवले समर्थन गरेका थिए ।

बैठकमा २१ सांसदको उपस्थिति रहेको जनाइएको छ

प्रकाशित मिति : श्रावण १६, २०७८ शनिबार  ४ : ५९ बजे