जनता समाजवादी पार्टी (जसपा)ले उपसभामुख पदमा दाबी गरेको छ । प्रतिनिधि सभाको रिक्त रहेको उपसभामुखसहित ५ मन्त्रालय, राज्यमन्त्री र संसदीय समितिको सभापतिमा पनि जसपाले दाबी गरेको हो ।
प्रतिनिधि सभाको उपसभामुख पद लामो समयदेखि रिक्त रहेकैबेला कांग्रेसले पनि दाबी गर्दै आइरहेको छ । संवैधानिक परिषद्को सदस्य समेत रहने भएकाले उपसभामुख पदमा जसपाले दावि गरेको हो ।
आइतवार बसेको माओवादी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुखमा जसपाको दाबी रहेपनि महन्थ ठाकुर पक्ष सरकारमा सहभागी नहुने प्रचण्डले ब्रिफिङ बताए ।
डा। शिवमाया तुम्बाहाम्फेले राजीनामा गरेपछि प्रतिनिधि सभा उपसभामुखविहीन छ । सभामुख र उपसभामुख फरक राजनीतिक दलको हुनुपर्ने व्यवस्था छ ।
उपेन्द्र यादव पक्षले पार्टीभित्रको सन्तुलन मिलाउन भन्दै संसदीय समितिको सभापतिमा पनि दाबी गरेको स्रोतले बतायो ।








