वामदेव गौतम च्यासलमा



एमालेका उपाध्यक्ष वामदेव गौतम ललितपुरको च्यासल पुगेका छन् । आइतबार पार्टीको स्थायी कमिटी बैठकमा सहभागी हुन उपाध्यक्ष गौतम च्यासल पुगेका हुन् ।

बैठक सुरु अगावै नेता गौतम तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहलमा बस्ने स्थायी कमिटी बैठक स्थल पुगेका हुन् । गौतम असार १८ र १९ बसेको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी भएका थिए ।

तर, त्यसपछिका स्थायी कमिटी बैठकमा गौतम सहभागी भएका थिएनन् । शनिवारको स्थायी कमिटी बैठकमा पनि गौतम सहभागी भएका थिए ।

एमाले स्थायी कमिटीको बैठक आइतवार दिउँसो ३ बजे बस्दैछ । बैठकमा माधव नेपाल पक्षसँग भइरहेको एकता प्रयास लगायत समसामयिक विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : श्रावण १७, २०७८ आइतबार  ३ : २३ बजे