असोज ९ भित्र स्थानीय तहको अधिवेशन सक्न एमालेको निर्देशन



नेकपा एमालेको आज (आइतबार) बसेको स्थायी कमिटी बैठक सकिएको छ । ललितपुरमा स्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा बसेको स्थायी कमिटी बैठक भोलि अपरान्ह ३ बजे पुनः बस्नेगरी सकिएको हो ।

आजको बैठकमा केन्द्रीय बिभागहरुको पूर्णता, बिधान महाधिबेशको तयारी, पार्टी सदस्यता नविकरण र वितरण तथा पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भएको बैठकपछि एमालेका महासचिव ईश्वर पोखरेलले पत्रकारलाई जानकारी दिए ।

तेस्तै स्थानीय तहको अधिवेशन असोज ९ गतेसम्म सक्न निर्देशन दिने निर्णय भएको पनि उनले बताए । । आजको बैठकमा पनि नेता माधबकुमार नेपाल पक्षका नेताहरु सहभागी भएका थिएनन् ।

प्रकाशित मिति : श्रावण १७, २०७८ आइतबार  ६ : १० बजे