नेकपा माओवादी केन्द्रको आज दिउँसो ३ बजे बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठक स्थगित गरेका हुन् ।
स्थायी समिति सदस्यहरुलाई अध्यक्ष प्रचण्डले स्थायी समिति बैठक स्थगित भएको जानकारी गराएका हुन् । आजको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने योजना बनाएको थियो ।
२९ असारमा प्रधानमन्त्री भएका शेरबहादुर देउवालाई काँग्रेस, माओवादी, एमाले माधव समूह, जसपा र जनमोर्चाको समर्थन रहेपनि अहिलेसम्म देउवाले मन्त्रिपरिषललाई पूर्णता दिन सकेका छैनन् ।
देउवाले काँग्रेसबाट बालकृष्ण खाणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाएका थिए भने माओवादीबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्री बनाउनु भएको थियो।
साउन १० गते काँग्रेसबाट उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउनुभएको छ । तर प्रधानमन्त्री भएको २१ दिन वितिसक्दा पनि देउवाले मन्त्रिपरिषललाई पूर्णता सक्नुभएको छैन ।








