नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । मन्त्रिपरिषद विस्तारबारे सोमबार सत्तारुढ गठबन्धनका नेताहरु बालुवाटारमा छलफल सुरु गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल शुरु भएको हो ।
बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रमको विषयमा समेत छलफल हुने बताइएको छ । शीर्ष नेताको बैठक अघि कार्यदलका सदस्यहरूले बालुवाटारमा छलफल गरेका थिए ।
असार २९ गते प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिए पनि अहिलेसम्म सरकारले पूर्णता पाउन सकेको छैन ।
छलफलमा मन्त्रिपरिषद विस्तार र दलहरुबीच मन्त्रालय बाँडफाँटका विषयमा छलफल हुने प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।








