काठमाडौ । नेपाली कांग्रेसका स्थापन ईतरसमहुका नेताहरु छलफलमा जुट्ने भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु दिउँसो २ बजे पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल गर्न लागेको हुन् ।
छलफलमा आगामी महाधिबेशनमा लिने रणनीति, क्रियाशील सदस्यतामा देखिएका विवादका बारेमा छलफल हुने जनाईएको छ । सोमबार पनि सस्थापन ईतरका नेताहरुको छलफल महामन्त्री शशांक कोइराला निवासमा भएको थियो ।
छलफलमा पार्टीको महाधिबेशन, सरकारमा सम्मानजनक सहभागीता लगायतबिषयमा कुरा भएको थियो । छलफलमा सहभागी नेताहरुले सरकारमा सहभागीता भन्दा पनि महाधिबेशनका क्रियाशिल हुनु पर्ने आबाज उठाउदै सम्मानजनक सहभागीता नभए देउवालाई एक्लै सरकार चलाउन दिनुपर्ने बताएका थिए ।








