देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले राष्ट्रहित विपरित वर्तमान सरकारले अमेरिकन सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न खोजेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंको माइतिघरमा आयोजित एक कार्यक्रममना संसदमा सरकारले एमसीसी परियोजना अघि बढाउन खोजेको बताएका हु्न् ।
उहाँले प्रधानमन्त्रीले संसदबाट एमसीसी पारित गराउन माओवादीसँग सहयोग मागेको जानकारी आएको पनि बताउनुभयो । राष्ट्रिय स्वाधिनताको रक्षाका लागि आफूहरु एमसीसीको विरोधमा रहेको उहाको भनाइ छ ।
उहाँले कोरोनाको महामारीकाबीच पनि सरकारले राष्ट्रहित वितपरित काम गर्न लागेकाले बाध्य भएर बिरोधमा उत्रनु परेको धारणा राख्नुभयो ।
मोर्चाले एमसीसी सम्झौताको विरोध तथा दार्चुला तुइन घटनाको विरुद्ध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले ‘एमसीसी सम्झौता खारेज गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ’ सहितका नारा लगाएका थिए ।








