जसपा आधिकारिकता मुद्दामा कारणदेखाउ आदेश जारी



सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादबारेको मुद्दामा कारणदेखाउ आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले जसपाको आधिकारिकता विवादबारेको मुद्दामा कारणदेखाउ आदेश दिएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार महन्थ ठाकुरले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै रिटमा अन्तरिम आदेश माग गरिएको सर्वोच्चले त्यसलाई अस्वीकार गर्दै कारणदेखाउ आदेश जारी गरेको छ।

निर्वाचन आयोगले ११ साउनमा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुरले साउन १५ मा आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। रिटमा निर्वाचन आयोगसमेतलाई विपक्षी बनाइएको छ।

प्रकाशित मिति : श्रावण २०, २०७८ बुधबार  ३ : ०५ बजे