एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समुहको केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष केपि शर्मा ओली समुहको विरोधकाबीच नेपाल समुहको केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो ।
नेपाल समुहको बैठक बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सहभागी हुन बाहिरी जिल्लामा रहेका केन्द्रीय सदस्यसमेत काठमाडौं आइसकेका छन्।
नेपाल पक्षले परिवर्तित राजनीतिक घटनाक्रमका विषयमा केन्द्रीय सदस्यहरूको धारणा बुझ्न बैठक बोलाइएको जनाएको छ।
यता ओली पक्षले भने बुधबारै विज्ञप्ति निकालेर नेपाल पक्षले बोलाएको बैठक अनधिकृत भएको भन्दै त्यसमा सहभागी नहुन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएको छ।








