माधव नेपाल पक्षीय केन्द्रीय समिति बैठक सुरु

नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा सुरु भएको छ ।

आजको बैठकबाट एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ । बैठकमा सहभागी हुनका लागि देशभरबाट माधव नेपाल पक्षीय नेताहरु आएका छन् ।

यस्तै नेकपा एमालेका नेताहरु सुरेन्द्र पाण्डे र योगेश भट्टराई नेपाल पक्षको बैठकमा अनुपस्थित भएका छन् । नेपाल समूह निकट मानिने उनीहरु बिहिबार बैठकमा अनुपस्थित भएका हुन् ।

नेपाल पक्षले कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका कारण उनीहरु बैठकमा सहभागी नभएको दावी गरिएको छ । नेपालको सचिवालयले योगेशको आफन्तलाई संक्रमण देखियो र पाण्डेको पीएसओलाई कोरोना संक्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेको दावी गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेपाल समूहका भरपर्दा नेता मानिने पाण्डेले सदन बहिस्कार गरेर हिँडेका थिए भने योगेश भट्टराईले चाँही देउवालाई प्रधानमन्त्री बनाउदा सर्वोच्च अदालतमा दिएको निवेदनमा पनि हस्ताक्षर गरेका थिएनन् ।

भट्टराईले पार्टी एकताका लागि आफू मध्यमार्गी भूमिकामा रहने बताउँदै आएका छन् ।

प्रकाशित मिति : श्रावण २१, २०७८ बिहिबार  २ : ३० बजे