यिनी हुन् आफ्नो ससुराको मृत्यु हुँदा पुरै गाउँपालीकामा शोक बिदा दिने उपाध्यक्ष



तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले उपाध्यक्षका ससुराको निधन हुँदा गाउँपालीकाले शोक बिदा दिएको छ । बिहीबार राति गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको निधन हुँदा शुक्रबार शोक बिदा दिएको हो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अकिकृत विष्णुप्रसाद पोखरेलले शुक्रबार सूचना जारी गरी शोक बिदामा गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु एवं गाउँपालिका मातहतका कार्यालयहरु (स्वास्थ्य संस्थाबाहेक) सबै बन्द हुने सूचनामा जनाइएको छ ।

गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले उपाध्यक्षकै ससुरा भएका कारण स्थानीय तह ऐन सञ्चालनले दिएको अधिकार प्रयोग गरी शोक बिदा दिएको दाबी गरेका छन् ।

‘उपाध्यक्षकै ससुराको निधन भएको छ । गाउँपालिका नजिकै उहाँको घर छ । जनप्रतिनिधिहरु पनि मलामी जानु नै प¥यो । त्यसैले स्थानीय तह सञ्चालन ऐनको विशेष अधिकार प्रयोग गरेर एक दिन शोक बिदा दिएका हौं ।’

प्रकाशित मिति : श्रावण २२, २०७८ शुक्रबार  १ : ५३ बजे