एमाले स्थायी समितिको बैठक सुरु



नेकपा एमालेको स्थायी समिति बैठक सुरु भएको छ । शुक्रबार ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पार्टी स्थायी समिति बैठक सुरु भएको हो ।

बैठकले पार्टीको विधान संशोधन गर्ने तथा दशौँ महाधिवशेनबारे छलफल गर्नुका साथै माधव नेपाल पक्षका नेताहरुमाथि कारवाही गर्न सकिने समेत अध्यक्ष केपी ओली निकट एक नेताले जानकारी दिए ।

यसअघि नेपाल पक्षको केन्द्रीय कमिटी तथा स्थायी समिति बैठकलाई उनीहरुले अनाधिकृत रुपमा पार्टीको नामको दुरुपयोग गरेको भन्दै ओली पक्षले विज्ञप्ति निकाल्दै नेपाल समूहका गतिविधिमा नलाग्न सबैलाई निर्देशन समेत दिएको थियो ।

शुक्रबारको बैठकले धेरै विषयको छिनोफानो गर्नसक्ने ओली निकट स्रोतले बताएको छ । माधव नेपाल समूहको केन्द्रीय कमिटी र स्थायी समिति बैठक बसिरहँदा अध्यक्ष ओलीले आफू निकट स्थायी समिति बैठक सुरु गरेका हुन् ।

नेपाल समूहका नेताहरुले भने आफूहरु अझै पनि एकताकै पक्षमा रहेको प्रतिक्रिया दिँदैआएका छन् । यद्यपि साउन २४ गतेसम्म नयाँ निर्णय नगर्ने पक्षमा नेपाल पक्ष रहेको बताइएको छ ।

एमालेले भदौ २७ र २८ गते विधान महाधिवेशन तोकेको छ। ३ असोजमा वडा र ९ असोजमा स्थानीय तहको अधिवेशन गर्ने निर्णय निर्णय गरेको छ। नेपाल पक्षले यी सबै प्रक्रिया रोक्नुपर्ने बताएको छ।

प्रकाशित मिति : श्रावण २२, २०७८ शुक्रबार  ३ : ०८ बजे