काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टी एकता होस् भन्ने पक्षमा रहेको बताएका छन् । शुक्रबार आफ्ना पक्षका केन्द्रिय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकता होस् भन्ने पक्षमा रहेको बताएका हुन् ।
बैठकले दशबुँदे सहमति र एकताका लागि वार्ता भइरहेका बेला अनावश्यक टिकाटिप्पणी नगर्न सबैलाई आग्रह गरेको छ भने सदस्यता नवीकरण, अधिवेशन–सम्मेलन जस्ता एकपक्षीय गतिविधिहरु रोक्न ओली पक्षलाई आग्रह गरेको छ ।








