नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले पूर्ववर्ती एमाले सरकारले कार्यकर्ता भर्ती केन्द्र बनाएको सुकुम्बासी आयोग खारेज हुँदा रोइलो गर्नुको कुनै तुक नभएको टिप्पणी गरेका छन ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता पौडेलले यस्तो टिप्पणी गरेका हुन ।
पौडेलले यसअघी ओलि सरकारले बनाएको आयोग भुमिहीनसम्म पुग्न नसक्ने तर राज्यको ढुकुटी दोहन गर्ने अखडा बनेको भन्दै राज्यको ढुकुटी दोहन गर्ने अखडाहरु भत्किनुपर्ने उल्लेख गरेका छन ।
उनले अहिलेको सरकारलाई आयोग खारेज गरेर उम्किने छुट नभएको जनाउदै विपीले जस्तै समस्या पहिचान गरेर तत्काल समाधान गरी अर्को ईतिहास रच्न देउबा सरकारलाई सुझाब समेत दिएका छन ।








