एमालेको केन्द्रीय कमिटी बैठक सर्यो



आज बस्ने भनिएको नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सरेको छ । बैठक सोमबार दिउँसो तीन बजे बस्ने गरि स्थगित भएको हो ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार केन्द्रीय कमिटी बैठक अगाडि एघार बजे स्थायी कमिटी बैठक बस्नेछ ।

भदौमा विधान अधिवेशन गर्नेगरी स्थायी कमिटीले तयार पारेको प्रस्ताव अनुमोदन गराउन केन्द्रीय कमिटी बैठक बोलाइएको छ । तर वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने बैठक रोकेर सहमति गर्न माग गरेको छ ।

शुक्रबार सकिएको यो समूहको केन्द्रीय कमिटी बैठकले पार्टी एकतामा जोड दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : श्रावण २४, २०७८ आइतबार  १० : २० बजे