लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल काठमाडौं आएका छन् । पद जोगाउने सम्पूर्ण विकल्प सकिएपछि उनी राजनीतिक भेटवार्ताका लागि काठमाडौं आएका हुन् ।
विपक्षीले अविश्वास प्रस्ताव दर्ता गरेपछि समस्यामा परेका मुख्यमन्त्री पोखरेल एमालेका केहि नेताहरुसंग छलफल गर्न काठमाडौ आएका हुन् । उनलाई एकातिर सांसदलाई बन्धक बनाएको भन्दै चौतर्फी आलोचना भइरहेकै बेला विपक्षीले अविश्वास प्रस्ताव दर्ता हुँदा हायल कायल बनाएको छ ।
पोखरेल विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गरेपछिको राजनीतिक अवस्थाबारे एमालेका केही नेताहरूसँग छलफल गरेका छन् । पहिले बहुमतमा देखिएका मुख्यमन्त्रीको पक्षमा हाल ३८ जना सांसदमात्र छन्। विपक्षी गठबन्धनबाट कुलप्रसाद केसीको पक्षमा ४१ जना सांसद छन्।
एमाले अध्यक्ष केपी ओलीसँगको भेटपछि राजीनामा दिने तयारीमा पोखरेल रहेको स्रोतको दाबी छ ।








