ओलीले नेपाल किन भने यस्तो, अब के गर्लान नेपाल ?



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू एमाले एकताको लागि प्रतिबद्ध रहेको बताएका छन् । सोमबार ओलीले कर्णाली प्रदेशका नेताहरु संग जेठ २ मा फर्के पनि माधव नेपाल बैठकमा सहभागी नभएमा अनौठो मानेका बताएका हुन् ।

‘पार्टी जेठ २ मा फर्किसकेको छ । कार्यदलले १० बुँदे सहमतिको अवधारणा निर्माण गरेको छ । त्यसलाई हामीले अनुमोदन गरिसकेका छौं । उहाँहरूको चित्त नबुझेको भए पार्टीको बैठकमा आएर भन्नसक्नुहुन्थ्यो तर उहाँहरू बैठकमा आउनु हुन् ’, ओलीको भनाइ उदृत गर्दै एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले भने, ‘पार्टीमा अनुशासनहिनता, अराजकता, व्यक्तिगत स्वार्थले अब ठाउँ पाउँदैन । तपाईंहरू गाउँ फर्किनुस् । पार्टीलाई अझै बलियो बनाउन केन्द्रित हुनुहोस् ।’

एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले आफूहरूले पार्टी अध्यक्षसँग पार्टी एकता छिटो टुंग्याउन अनुरोध गरेको बताए । जवाफमा ओलीले एमालेमा आउनेलाई आउन दिने कसैको घरमै गएर एमाले हौ भनेर नल्याइने बताएका थिए ।

‘जेठ २ का कुरा भए, त्यहाँ पार्टी आइसकेको छ । १० बुँदे आइसकेको छ । त्यसमा पनि म तयारै छु ’ शर्माले भने, ‘अब उहाँहरूलाई घरैबाट जबर्जस्ती तपाईं एमाले हो भनेर ल्याउन त सकिँदैन नि । उहाँहरू आउनुहुन्छ भन्ने आशा छ । आउन चाहने साथीहरूलाई पूर्ववत अवस्थामा जिम्मेवारी दिइन्छ । पार्टी एकताप्रति म प्रतिबद्ध छु भनेर जवाफ दिनुभयो ।’

प्रकाशित मिति : श्रावण २५, २०७८ सोमबार  २ : १२ बजे