नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा इतरका नेताहरुले निर्धारित समयमै महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेका छन । ।महामन्त्री डा.सशांक कोइराला निवास महाराजगञ्जमा आज भएको देउवा इतरका नेताहरुको बैठकले निर्धारित समयमै महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको हो । बैठकमा पार्टीको आशन्न महाधिवेशन, क्रियाशील सदस्यताको विवादबारे छलफल भएको बताइएको छ ।
नेताहरुको बैठकले पार्टिको महाधिवेशनका कार्यक्रमहरु तत्काल सुरु गर्न कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गर्ने निर्णय गरेको छ । बैठकमा बोल्ने सबै नेताहरुले पार्टिको बैधता कुनै हालतमा गुम्न दिनु नहुनेमा जोड दिएको महामन्त्री कोइराला निकट श्रोतले जानकारी दियो । महाधिवेशनलाई छोट्याएर भए पनि समयमै महाधिवेशन गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको पनि श्रोतले जानकारी दियो ।
बैठकमा बरीष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री डा . कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रिय सदस्यहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, रामशरण महत, डा . शेखर कोइराला,लगायत सभापती देउबा इतरका अधिकांश केन्द्रीय सदस्य उपस्थित थिए ।
आजै सभापती देउबा इतरका नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको पनि भेला सम्पन्न भएको छ ।जिल्ला सभापतिहरूको भेलाले पार्टी क्रियाशील सदस्यताको विवरण तत्काल वेबसाइटमा राख्न माग गरेको छ । राजधानिको क्षेत्रपटिमा भएको भेलामा ३५ जिल्लासभापति बैठकस्थलमा र १२ जिल्ला सभापति भर्चुअल माध्यमबाट सहभागी भएका थिए ।








