एमाले अध्यक्ष ओलीले संसदमा सम्बोधन गर्ने



प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज संसद सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलो पटक अध्यक्ष ओलीले संसदलाई सम्बोधन गर्ने भएका हुन् ।

साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिंदा एमालेबाट प्रदीप ज्ञवालीले बोलेका थिए । तर आज ओलीले सम्बोधन गर्ने कार्यसूची बनेको छ ।

प्रतिनिधिसभा बैठक दिउँसो एक बजे बस्दैछ ।

 

प्रकाशित मिति : श्रावण २६, २०७८ मंगलबार  ११ : १८ बजे