कांग्रेस कुहिरोको काग भयो : भट्टराई



नेकपा एमालेका सांसद खिमलाल भट्टराईले सत्तारुढ गठबन्धमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रको विषयमा टिप्पणी गरेका छन् ।

मंगलबार राष्ट्रिय सभामा विशेष समयमा बोल्दै नेता भट्टराईले नेपाली कांग्रेस कुहिराको काग भएको बताएका छन् । उनले माओवादी केन्द्र वैशाखीको खोजीमा रहेको समेत टिप्पणी गरेका हुन् ।

एमाले नेता भट्टराईले थपे, ‘कांग्रेस कुहिरोको काग भएको छ । माओवादी वैशाखीको खोजीमा छ । माओवादीका साथीहरुले समीक्षा गरे हुन्छ, कहिले एमालेको पछि लागेर कहिले कांग्रेसको पछि लागेर आफ्नो अस्तित्वको रक्षा गर्नुपरेको छ ।’

 

प्रकाशित मिति : श्रावण २६, २०७८ मंगलबार  १ : ३५ बजे