नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले एक महिनासम्म केही काम नगरेको आरोप लगाएका छन्। मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले सरकार गठन भएको एक महिनासम्म पनि खुशीयाली चलिरहेको टिप्पणी गरेका हुन् । उनले सत्ता गठबन्धनका नेताहरु हौसिएको दसैँ आएर केटाकेटी नाचेजस्तो गरिरहेको भन्दै कटाक्ष गरेका हुन् ।
“असमान्य ढंगले सरकार परिवर्तन भएकाले होला । सत्तापक्ष गठबन्धनका मित्रहरु असाध्यै हौसिनुभएको छ । दसैं आएजसरी केटाकेटीलाई आँगनमा नाचेको जस्तो नाच्दै ठिक हुनुहुन्छ,” उनले भने ।
उनले सुकुम्वासी आयोग खारेज गरेर गरिवको घाँटी निमोठेको भन्दै सरकारमाथि प्रश्न गरेका हुन्।
साथै, प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गर्न नसकेको प्रति व्यङ्ग्य गर्दै ओलीले भने,’सबै मन्त्रालय आफैले राखेका छन्। घुमेर भ्याइदैन होला सबै एकैदिन। सरकार विस्तार गर्न सकेको छैन।’
उनले अबको तप १४-१५ महिना थप शुभकामना दिने लहर चल्ने समेत बताए।








