हाम्रो भूमि फिर्ता ल्याउँछु भनेर किन भन्न नसकेको प्रधानमन्त्रीज्यू : ओली



प्रतिपक्षी दलको नेता केपी शर्मा ओलीले अमेरिकासँगको एमसीसी सम्झौता के गर्ने भन्दै प्रतिपश्न गरेका छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले गर्नुहुन्छ सरकारले हालै सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमको आलोचना गर्दै एमसीसी सम्झौताबारे स्पष्ट धारणा राख्न नसकेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भने ‘प्रधानमन्त्रीज्यू एमसीसी के गर्नुहुन्छ ? नेपाली जनताले जान्न चाहेको छ,’ ओलीले थपे,‘कुन छिमेकीसँग कुन कुन सीमा समस्या भएको हो, असमान सन्धी सम्झौता कहाँ कोसँग भएको हो त्यो पनि स्पष्ट भन्नुहोस् ।’

‘मजबुत प्रधानमन्त्री हुनुहुन्छ । कसैको समर्थन चाहिँदैन । कसैको मद्दत चाहिँदैन् । त्यो १६५ को जनताले के भन्छ ?,’ ओलीले भने,’पास गर्ने कि फेल गर्ने ? जस्केलाबाट छिर्नेबाट कुरा नगर्नुहोस् ।’

उनले प्रधानमन्त्री देउवालाई लिम्पियाधुरा कालापानी फिर्ता ल्याउँछु भनेर किन भन्न नसकेको भन्दै प्रश्‍न गरे । ‘लिम्पियाधुरा कालापानी, लिपुकुल समस्या हो । हाम्रो पवित्र अभिन्न भू-भाग हो,’ उनले भने,’यो समस्या हो ? यो समस्या हो भने त छोडिदियो भने त समस्या समाधान होला नी ? हाम्रो भूमि हामी फिर्ता लिन्छौं भन्नुपर्छ कि ? यस्तो खुट्टा कमाउनुपर्ने कसले बनायो ?’

प्रकाशित मिति : श्रावण २६, २०७८ मंगलबार  २ : ५० बजे