ओलीलाई बाबुरामको कटाक्ष – जो चोर उसको ठूलो स्वर !



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा आफ्ना भनाइ सकेलगत्तै सत्तारूढ जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले ओलीका कुराप्रति कटाक्ष गरेका छन्।

मंगलबार भट्टराईले एक ट्वीट गर्दै ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कुलमा पढेको कवितांशको याद आएको बताएका हुन् । ‘सबको औषधि दैवले रचिदियो बिर्सेछ कि मूर्खको,’ भट्टराईले भने, ‘भर्खरै आफ्नो कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कुलमा पढेको कवितांशको याद आयो। पटकपटक संविधानको उलंघन, संसदको हत्या, अध्यादेशको राज, भ्रष्टाचारको पहाडबारे न कुनै क्षमायाचना ! उल्टै जो चोर उसको ठूलो स्वर !’

ओलीले शेरबहादुर देउवा प्रधानमन्त्री भएको एक महिना हुँदा पनि केहि काम नभएको भन्दै सरकार र गठबन्धनको आलोचना गरेका थिए।

प्रकाशित मिति : श्रावण २६, २०७८ मंगलबार  ४ : ३१ बजे