ओलीलाई विश्वप्रकाशले यसरी दिए जवाफ



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसदमा बोलेको जस्तै काम गरिदिएको भए मुलकमा स्थिति अर्कै हुने बताएका छन् ।

बुधवार एक ट्वीट गर्दै उनले ओलीले संसदमा जसरी बोलेका छन् त्यसरी नै ३ वर्ष काम गरिदिएको भए स्थिति अर्कै हुने बताएका हुन् ।

उनले भनेका छन्, ‘अब १५ महिनामा सबै काम चाहियो, प्रश्नको भारी महिना दिनमै !’

यस्तो छ उनको ट्वीट

@kpsharmaoli संसदमा जसरी बोल्नुभयो, साढे ३ बर्ष त्यसरी काम गरिदिएको भए, स्थिति अर्कै हुन्थ्यो l अब १५ महिनामा सबै काम चाहियो, प्रश्नको भारि महिना दिनमै !!

तर प्रतिपक्षी आवाज सम्मान गर्दै, कर्मले जवाफ दिने कर्तव्य निर्वाह गर्नुछ l बोल्ने विभाग कमरेड ओलिकै जिम्मा थियो, छंदैछ l

प्रकाशित मिति : श्रावण २७, २०७८ बुधबार  १० : ०३ बजे