नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले जनमत र बिधिको सासनको उपहास गर्दा बालुवाटारबाट ओलि बालकोट पुगेको कुराबाट सबैले पाठ सिक्नु पर्ने बताउनु भएकोछ ।हिजो भक्तपुरको मध्पुर नगरपालिका वडा नं तीन को नव निर्मित वडा कार्यलय भवनको उदघाटन गर्दै नेता सिंहले जन्ताले दिएको म्यान्डेटको अपमान गरेर मनै विधि मनै कानु मैले जे गरेपनि हुन्छ भन्ने सोचले ओलिको बहिर्गमन भएको भन्दै संविधान र कानुन भन्दा माथि कोहिपनि नहुने कुरा बताउनु भएको छ ।
ओलिमा बडेको अहमताले मुलुको राष्टृय राजनीति फरक किसिमले अघि बडेको भन्दै ओलिमा भनाई र गराईको फरक रहेको बताउनु भएकोछ । आफ्नो शासन कालमा के कति भस्टचारका समाचार आए भन्ने कुरा ख्याल गर्न समेत आग्रह गर्दै मनै सबथोक, मैले बोलेपछी, मैले भनेपछी किन नहुने भनेकै कारण झन्डै दुईतिहाईको सरकार बालुवाटारबाट बालकोट पुगेको कुराबाट सबैले पाठ सिक्नु पर्ने नेता सिहको भनाई रहेकोछ ।
नेता सिहले जनप्रतिनिधि जनता र मुलुक प्रति उतरदाहि हुनु पर्ने भन्दै जनप्रतिनिधिले गर्ने व्यवहारलाई नागरिकले उच्च महत्त्वका साथ हेरिरहेका हुनाले जनप्रतिनिधिका गतिविधिले जनताको राजनीतिकर्मि माथिको धारणा बन्ने भन्दै अहिले नागरिकहरुमा राजनीतिप्रती छाएको निरासा चिरने गरि काम गरेर देखाउन पर्ने बेला भएको समेत बताउनु भएको छ ।








