लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले आजै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
मुख्यमन्त्री केसीले नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बाट पाँच जनालाई मन्त्री बनाउने तयारी गरेका हुन्।
मुख्यमन्त्री सचिवालय स्रोतका अनुसार जसपाबाट तीन जना मन्त्री बन्दै छन् भने माओवादी र कांग्रेसबाट एक-एक जना मन्त्री बन्ने भएका हुन् ।
कांग्रेसले मन्त्रीका लागि दिल्लीबहादुर चौधरीको नाम पठाएको छ भने मुख्यमन्त्री केसीले माओवादीबाट कृष्णध्वज खड्का मन्त्री बनाउने भएका हुन् ।
त्यस्तै, जसपा संसदीय दलका नेता सहसराम यादव, पुर्मती ढेगा मगर र सुमन शर्मा सायमाझी मन्त्री बन्ने भएका छन्। विपक्षी गठबन्धनको सहमतिमा मुख्यमन्त्री केसीले जसपाका तीनै जना सांसदलाई मन्त्री बनाउन लागेका हुन्।








