देउवा सरकारको आयु वैशाखसम्म मात्र : हृदयेश त्रिपाठी



प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले शेरबहादुर देउवा नेतृत्वको सरकारको आयु वैशाखसम्मको मात्र भएको दावि गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका त्रिपाठीले देउवा नेतृत्वको सरकारको धेरै समय नटिक्ने समेत बताएका हुन् ।

उनले कांग्रेस महाधिवेशनलगत्तै देउवा सरकारले संसद् विघटन गरेर चुनाव गराउने योजनामा रहेको बताए ।

शुक्रबार गृहजिल्ला पश्चिम नवलपरासी पगेका त्रिपाठीले सञ्चारकर्मीसँग कुरा गर्दै कात्तिक महिनाभित्र महाधिवेशन सकेर बैशाखमा चुनाव गराउने योजनामा देउवा रहेको जानकारी आफूले पाएको दावी समेत गरेका हुन्।

 

प्रकाशित मिति : श्रावण २९, २०७८ शुक्रबार  १ : ४८ बजे