ओलीको बोलीबारे एमालेका यी नेताले किन गरे चिन्ता !



नेकपा एमालेका नेता डा. विजय पौडेलले संसदमा जथाभावी बोल्ने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

संसद् जस्तो सर्वोच्च संस्थामा कस्तो बोल्न हुने, कस्तो बोल्न नहुने भन्ने विषयमा सांसदलाई ज्ञान नभएको उनको टिप्पणी छ।

यसैले राजनीतिक दलले आफ्ना सांसदलाई यस विषयमा तालिम नै दिनुपर्ने देखिएको नेता पौडेलको सुझाव छ।

‘संसद जनप्रतिनिधित्व गर्ने सर्वोच्च संस्था हो। कस्तो बोल्न हुने, कस्तो बोल्न नहुने, विरोध गर्नु पर्दा पनि मर्यादा कसरी कायम गर्नुपर्ने हो भन्ने बारेमा राजनीतिक पार्टीहरूले प्रशिक्षण दिनुपर्यो,’ एमाले नेता डा. पौडेलले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्, ‘हुन त प्रधानमन्त्री भइसकेका व्यक्ति पनि मनपरी बोल्छन्। के भन्नु ?’

खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ताच्युत भएपछि पहिलोपटक गत मंगलबार प्रतिनिधि सभामा गरेको सम्बोधनमा प्रयोग गरिएका भाषारशैलीको आलोचना भइरहेको छ।

प्रकाशित मिति : श्रावण २९, २०७८ शुक्रबार  ९ : १६ बजे