पुस ११ देखि १३ गतेसम्म माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन गर्न प्रस्ताव



पुस ११ गतेदेखि गते नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको छ ।

आज बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको बैठकमा प्रचण्डले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेको उनले बताए । त्यस्तै विधान संशोधनको प्रस्ताव पनि पेश गरिएको छ ।

बैठक भोलि ११ बजे बस्ने उनले बताए । अबको बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुनेछ ।

प्रकाशित मिति : श्रावण ३०, २०७८ शनिबार  ३ : ५९ बजे