भैसी पूजा र होली वाइन समारोह किन गरियो : बाँस्कोटा



पूर्वमन्त्री तथा एमाले नेता गोकुलप्रसाद बाँस्कोटाले व्यक्ति र धर्म संस्कृति जोडिएकै थिएन भने भैसी पूजा र होली वाइन समारोह किन आयोजना गरिएको भन्दै प्रश्न गरेका छन्।

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै नेता बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपाललाई लक्षित गर्दै बाँस्कोटाले उक्त कुरा बताएका हुन्।

केही वर्षअघि सुनसरीको चतरामा भएको एउटा महायज्ञमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भैंसी पूजा गरेको खुब चर्चा भएको थियो।

प्रचण्ड स्वम धर्म नमान्ने कम्युनिष्ट नेता भएको बताइएको समयमा प्रचण्डले गरेको भैसी पूजाको चौतर्फी विरोध पनि भएको थियो।

प्रचण्ड प्रधानमन्त्री हुँदा भैसी पूजा गरेको भन्दै कम्युनिष्ट नेताहरूबाट समेत खुलेर प्रचण्डको आलोचना भएको थियो।

वरिष्ठ नेता माधवकुमार नेपालले विवादास्पद धर्म(प्रचारक संस्थाको कार्यक्रमा सहभागी भएर होली वाइन पिएको भन्दै चर्को आलोचना भएपछि नेपालले स्पष्टिकरण नै दिएका थिए।

बास्कोटाले जलारी र राम मन्दिरको विरोध चै किन गरेको भन्दै प्रश्न पनि गरेका छन्। उनले छुवाछुत व्यक्तिमा रहेको गलत मनोवैज्ञानिक समस्या भन्दै हिन्दु संस्कृतिको अंग नभएको स्पस्ट पारेका छन्।

प्रकाशित मिति : श्रावण ३१, २०७८ आइतबार  १० : ३१ बजे