प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची



आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । दिउँसो १ बजे संसद भवनमा बस्ने प्रतिनिधि सभाको बैठकमा विभिन्न कार्यसूचीहरू रहेका छन् ।

बैठकमा “रेल्वे विधेयक, २०७६” सम्बन्धी राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले टेबुल गर्ने कार्यसूची रहेको छ ।

यस्तै “प्रत्यायन (एक्रिडिटेशनं) विधेयक, २०७६” पनि आजै प्रतिनिधि सभामा टेबुल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : श्रावण ३२, २०७८ सोमबार  ८ : ४१ बजे