प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारको प्रवन्ध मिलाउन निर्देशन दिइसकेको जानकारी दिएको बताएका छन् सोमबार सामाजिक सञ्जालमा देउवाले त्यहाँ रहेका नेपालीको स्थिति बुझ्न र अत्यावश्यक अस्थितिमा उद्धार गराउँदै सरकार गम्भीर रहेको बताएका हुन् ।
उनले उद्धारका लागि सरकारले गम्भीरतापूर्वक जिम्मेवारी निभाउने समेत बताएका छन् ।
‘सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ,’ सोमबार बिहान ट्वीट गर्दै उनले भनेका छन् ।








