अफगानिस्तानबाट हालसम्म २९२ जना नेपाली स्वदेश फर्किएका छन् ।
मंगलबार १ सय २७ जना नेपाली स्वदेश फर्किएको अध्यागमन विभागले जनाएको छ ।
उनिहरूलाई कुबेत हुँदै स्वदेश ल्याइएको हो ।
अफगानिस्तानमा कार्यरत नेपालीहरूमध्ये १ सय ६५ जना यसअघि नै स्वदेश फर्किइसकेका थिए ।
यस अघी मन्त्रीपरिषद बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्दार गर्ने निर्णय गरेको थियो ।
गृहमन्त्री बालकृष्ण खाँणले पनि अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउने पहल थाल्न सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिएका थिए ।








